कथा:भेटिएको डायरी

लेखक:सुमित अधिकारी

यात्रा चितावन देखी काठमान्डौको थियो। म बसपार्कमा टिकट काटेर भर्खर आफ्नो सिटमा बसेको थिएँ। मेरो छेउको सिट खाली भएकोले मैले झोला त्यहाँ राखेर म झ्यालतिर बसेको थिएँ। झोलाबाट एयरफोन झिकेर गीत सुन्न थालेँ। अझै मेरो छेउको सिटमा कोही आएन। एकछिनपछी गाडी हिड्न लाग्दा एउटा युवक आएर बस्यो। गाडीमा हिड्दा अरुसँग बोल्ने बानी त्यति थिएन मेरो। म आफ्नै सुरमा गीत सुनिरहेको थिएँ। गाडीमा धेरैजसो यात्रीहरु हल्ला गर्दै थिए। त्यहाँ उभिएर यात्रा गर्नेपनि धेरै नै थिए। अधिकाशं हल्ला तिनै उभिनेहरुले गरेका थिए।.."मान्छे पनि कति हाल्न परेको हो?" पछाडी बस्ने एक यात्रुले भनेको सुनियो। त्यसपछी गाडी चल्न सुरु गर्यो। 

एकछिनपछी मेरो छेउमा बसेको युवक बोल्यो,"कता जाने हजुर..?"

यसो भन्दा..काठमान्डौ जाने गाडी कता जान्छ ?भन्ने मन थियो तर..हजुर भन्ने शब्दले अलिक अप्ठ्यारो पार्यो। जवाफ दिएँ "काठमान्डौ".."मैले काठमान्डौको कुन ठाउँ सोधेको"..उसले भन्यो। मैले जवाफ दिँदै केही कुरा सोध्न पनि थाले। पहिले पहिले खुब अप्ठ्यारो लाग्यो , तर बुझ्दै जाँदा मान्छे मिजासिलो रहेछ। 

         उसको नाम विवेक रहेछ। काठमाडौमा केही कामको लागी जान लागेको भन्दै थियो। के काम कस्तो काम मैले सोधिन र उसले भनेन पनि। त्यो दिन उ आँफै बोल्न आयो र साथी पनि बन्यो। अझै बाटोमा खाजा खाँदाको पैसा समेत मलाइ तिर्न दिएन। काठमान्डौ पुगेपछी बसपार्कमा पुगेर गाडी रोकियो। सबै यात्रीहरु ओर्लिन लागे र हामी पनि ओर्लियौँ । छुटिँदा एकपटक हात मिलाएर छुटियो। मेरो बसपार्कमा केही काम थियो र एकछिन त्यहीँ भुलेँ। नजिकैको एउटा चियापसलमा गएर चिया पिएँ। अलि उता गएर केही कपडाहरु किनेर म आफ्नो बाटो लागेँ। कोठामा पुगेर एकछिन फ्रेस भएँ र किनेका कपडाहरु नाप्न लाग्दै थिएँ। अन्तिममा एउटा कपडा निकाल्दा झोलामा एउटा कालो रङ्गको अलि गर्हौँ केही बस्तु भेट्टाएँ..झिकेर हेर्दा डायरी रहेछ। तर त्यो डायरी मेरो थिएन। "मेरो झोलामा अरु कसैको डायरी कसरी आयो..?"म आश्चर्यमा परेँ। मैले त कसैको डायरी लिएको छैन,तर मेरो झोलामा आयो चाहीँ कसरी? "कसैले झुक्किएर त आफ्नो झोलाको सट्टा मेरो झोलामा त हालेन?".."आखिर कसले राख्यो मेरो झोलामा यो डायरी..?" यही प्रश्नले बारम्बार मन चिथोरीरह्यो। 

मलाई अरुको डायरी बिनाकाम हेर्न मन लाग्दैनथ्यो,र आफ्नो डायरी पनि सितिमिति अरुलाइ दिँदैनथेँ। कोही कसैले बिनम्र अनुरोध गरेमा मात्र कहिलेकाहीँ पढ्न भनेर दिन्थे,नत्र जो कोहीलाई डायरी दिन्नथेँ । मलाइ जसरी पनि त्यो डायरीवालाको खोजी गर्न मन लाग्यो। बिनाकारण अरुको सामान राख्ने मेरो बानी थिएन। अचानक त्यही सँगै यात्रा गरेको युवकलाइ सम्झिएँ। कतै यो डायरी उसको त हैन?..उसले झुक्किएर मेरो झोलामा राखेको पो हो कि?..गाडीमा बस्दा उसैले मेरो झोला सामान राख्ने ठाउँमा राखेको थियो। मलाइ यो कुरा थाहा पाउन पनि डायरी पल्टाएर हेर्नुपर्थ्यो। 

डायरीको कालो कभरको छेउछाउमा हल्का डोरीजस्तो धर्साहरु थिए। हेर्दा अलिक पुरानोजस्तो पनि थियो।  डायरीको पहिलो पृष्ठमा केही लेखेर केरिएको थियो। उक्त शब्दहरु के थिए घोरिएर हेर्दा पनि बुझ्न सकिन। एक छेउ अलिकति च्यातिएको पनि थियो। 

दोस्रो पृष्ठमा डायरीवालाको केही विवरणहरु थिए र सुरुमै नाम लेखिएको थियो,"विवेक अधिकारी"। यसबाट यो त प्रमाणित भयो कि यो डायरी उसैको हो,जो बसमा मेरो छेउमा बसेर यात्रा गरेको थियो। तर किन मेरो झोलामा हाल्यो?..म अलमलमा परेँ। अर्को पृष्ठ पल्टाएँ,तेस्रो पृष्ठमा ठुलो अक्षरमा "यसरी सुरुवात भयो" भनेर लेखिएको थियो। यो हरफले नै बताउँथ्यो कि डायरीभित्र कहानी जस्तै केही छ। साँच्चै डायरीभित्र उसको कहानी रहेछ। 

कुरा २०७० सालको हो। म भर्खर एस् एल् सी सकेर बसेको थिएँ। मैले तनहु जिल्लाको एक मा वि विद्यालयबाट एस् एल् सी दिएको थिएँ। गाउँमा उच्च शिक्षाको लागी त्यति अबसर थिएन। यदाकदा भएपनि राम्रो बिषय पढाइ हुँदैनथ्यो। त्यसकारण म उच्च शिक्षाकै लागी चितावन आएको थिएँ। चितावनमा मेरो काकाको घर थियो। काका काकी पनि पहाडबाट चितावन झरेको पनि लगभग ३ बर्ष भएको थियो। काका विदेश आवत जावत गर्नुहुन्थ्यो। एक हिसाबले उहाँ पनि एक पढेलेखेको बेरोजगार हुनुहुन्थ्यो भनौँ। नेपालमा रोजगार नपाएरै काका वैदेशिक रोजगारतिर लाग्नुभएको थियो। काकी घरमै काम गर्नुहुन्थ्यो र घरव्यवहार चलाउनुहुन्थ्यो। उहाँहरुको छोराछोरी पनि थिए। बहिनी अलि ठुली थिइ तर भाइ अलि सानै थियो। 

मैले भरतपुरमै एउटा कलेजमा विज्ञान बिषय अध्ययन गर्न भर्ना गरेँ। कलेजको पहिलो दिन बिद्यार्थी त्यति आएका थिएनन्। एउटा शिक्षक सरासर भित्र पसे। आउने बित्तिकै परिचय गर्न लागे। "म राजन चापागाई,तिमीहरुलाइ क्यामेस्ट्री पढाउने मैले हो।"यति भनेपछी सबैले आ-आफ्नो परिचय दिए।त्यो दिन खासै पढाइ भएन। एकछिनपछी सबैको बिदा भयो। सबै घरतिर जान लागे र त्यो हुलमा म पनि थिएँ। घर जाँदा बाटोमा एउटा सानो होटलमा पसेर खाजा खाने गर्न थालेँ। खाता नै बनाउन लगाएको थिएँ। घर फर्किदा जहिले पनि पस्थे। होटलमा कहिले होटलवाला अंकल आँफै हुन्थे कहिले श्रीमति हुन्थिन् त कहिले छोरीचाहीँ बस्थी। सँधै आउने जाने भएकाले मलाइ निकै माया पनि गर्थे। 

एकदिन छोरी बसेकी रहिछ होटलमा। "अंकल आन्टी खै त आज..?" मैले भनेँ।"आज घुम्न जानुभाछ। मै बसेको आज" उसले भनी। मैले खाजा लेउ न त भनेर नजिकैको टेबलमा बसेँ। एकछिनपछी खाजा लिएर आइ र मेरै टेबलमा बसी। "तिम्ले खायौ?" मैले भनेँ। "छैन अब खाउँला नि।" यतिभनेर चिया बिस्कुट लिएर आई। लिनु भनेर बिस्कुट दिएकी थिइ। मैले भँनेँ " तिमी खाउ, मैले त खाजा खाइराछु नि।" "किन मैले दिएको खान हुन्न र..?"..यसरी भनेपछी त खान पनि कर लाग्यो। गफ गर्दै थिइ।यतिकैमा मेरो प्लेटबाट चना झिकेर खान थाली। त्यतिबेला म केही बोलिन। एकछिनपछी जान्छु भनेर गएँ। 

भोलिपल्ट पनि उस्तै गरी उसले। म केही बोलिन। एउटा आत्मियता सम्झेर ठिकै छ जस्तो गरेँ। मेरो मोवाइल मागेर चलाउन थाली। म जानेबेलामा दिइ र जान्छु भनेर गएँ। 

भोलीपल्ट शनिबार थियो। शनिबार भएकै कारण ढिलो उठेको थिएँ। उठेर बाथरुम छिरेर फ्रेस भएँ।आउँदा मोवाइलमा म्यासेज थियो,"हाइ"..नचिनेको नम्बर त्यति वास्ता गर्दैनथेँ म। त्यसकारण रिप्लाइ दिन पनि जरुरी मानिन। एकछिनपछी मिस्कल आयो। त्यसपछी फेरी म्यासेज.."किन नबोल्नुभाको..चिन्नुभएन?"..त्यसपछी कोही आफ्नै साथी होला भनेर रिप्लाइ गरेँ। "नयाँ नम्बर छ, कसरी चिन्छु त म..?"यति भनेपछी उसले भनी " चिनजानकै मान्छे हुँ, तर म को हुँ? परिचय हजुरलाइ एकदिन सर्प्राइज हुन्छ।" को हौ भनेर जति सोधेपनी परिचय खुलाइन। एकदिन भेट्ने कुरा गरी।ठिकै छ, को हो चिनिन्छ भनेर मैले पनि हुन्छ भनेँ।

त्यसबिचमा उसले बेलाबेलामा म्यासेज गर्थी उसको म्यासेज प्राया.."खाना खानुभो..?के गर्दै हुनुहुन्छ?.आफ्नो ख्याल राख्नुस् है"..यस्तै हुन्थ्यो । मैलेपनि उस्तै प्रतिउत्तर दिन्थेँ र केही कुरा सोध्थेँ पनि।

भेट्ने दिन आयो। म पहिलोपटक कोही अन्जान केटीलाई भेट्न जाँदै थिएँ। को होला?, के होला?..मनमा यस्तै अनेकौ प्रश्नहरु खडा थिए,जसको उत्तर मसँग थिएन। एकप्रकारको तड्पाइ भोगीरहेको थिएँ म। त्यो दिन आफ्नो सिङ्गारपटार खुब गरेँ। दिनमा २ पटक मुस्किलले धुने अनुहार पनि त्यो दिन पटकपटक धोइरहेँ। सफा चट्ट परेका कपडाहरु लगाएर घरिघरी एेनाको अगाडी पुग्थेँ। यदि एेना बोल्थ्यो भने उसले मेरो त्यो दिनको तारिफ गरेरै नभ्याउँदो हो। 

घरबाट हिँड्नेबेला म्यासेज आयो।" कतिखेर आउनुहुन्छ?".."कतिबेला बोलाउँछ्यौ तिमीले..?"रिप्लाइ दिएँ। "अब आउनु न त।" उसले फेरी रिप्लाइ दिइ। हुन्छ भनेर निस्किएँ। भेट्नलाइ नारायणी किनारमा बोलाएकी थिइ। पुग्नेबेलामा म्यासेज गरेँ। "कता छौ..?" एकछिनपछी रिप्लाइ आयो। "भर्खर निस्केको म त"। "एए छिटो आउ त्यसो भए, म पुग्न लागेँ ।" " हस् बस्दै गर्नु म आउँदैछु" यति भनेपछी नारायणी किनारको एउटा होटलमा बसेँ।होटलवालाले अर्डर सोध्दै थियो,मैले साथी आउँदैछ त्यसपछी भनौँला भनेर पर्खाएँ। एकछिनपछी फोन नै गरी,"कता हुनुहुन्छ खै?" त्यो आवाज कतै सुनेजस्तो लाग्यो ,तर याद भएन। आवाज चिन्नतिर लागिन पनि। "यहिँ छु बिचतिर हेर्दै आउ।"  मैले भनेँ ।तत्काल सोधिहालेँ,"तिम्लाइ मैले कसरी चिन्ने.?".."रातो टिसर्ट र कालो पाइन्ट लगाएर फोनमा बोल्दै गरेकी केटी हेर्नु त"..उसले भनी । मैले खोजिरहेँ। एकछिनपछी मैले खाजा खाने गरेको होटलवाला अंकलको छोरीलाइ त्यहीँ देखेँ।हल्का डर पनि लाग्यो। उसले केटीलाइ भेट्न आएको थाहा पाइ भनेँ..?यस्तै सोचेर नदेखेजस्तो गरेँ।" मैले तिम्लाइ देखिन कता छौ खै..?" भन्दाभन्दै फोन काटियो।फोन गर्न खोजेँ तर लागेन। त्यतिबेला नै पछाडीबाट कसैले आँखा छोप्यो।  उ नै हो भनेर मलाइ विश्वास थियो। हात हटाउन खोज्दै भनेँ ,"यहाँसम्म आएर पनि किन आँखा छोपेको..?"उसले तत्काल आफ्नो हात हटाएर भनी,"यही हो हजुरलाई सर्प्राइज।"आँखा खोल्दा त्यही होटलवाला अंकलकी छोरी अस्मिता थिई। म झस्किएँ र भनेँ.."तिमी?" उसले मलिन स्वरमा भनी,"उम् मै हो हजुरसँग आजसम्म यसरी बोल्ने। म हजुरलाइ प्रेम गर्छु र आज यसरी भेट्न बोलाएको हुँ। केही गल्ति भए माफ गर्दिनुस्।" यति भनेर उ गम्भिर भएजस्तो गरी।यो कुरा पहिल्यै मेरो अगाडी नै भन्न पनि त सक्थ्यौ नि,किन यत्रो नाटक गरेको..?".."केही कुरा मन परेपछी त्यसलाई पाउने भन्दा पनि गुमाउने डर हुँदोरहेछ, सिधै भन्दा हजुरले अस्विकार गर्नुहोला भन्ने डर लाग्यो।"नरम स्वरमा भन्न थाली। हल्का डराएकी पनि हुँदी हो। तिम्ले यो निर्णय राम्रोसँग सोचेर लिएकी हौ.?" मैले सोधेँ। "म कुनैपनि निर्णय नसोचीकन गर्दिन"। जवाफ दिइ। ठिकै हो,मान्छे राम्री छ,व्यबहार पनि राम्रै छ,घरपरिवार पनि ठिकै छ,ऊ पनि असल सुशिल छ झै मनमा लाग्यो।र उसँग जिन्दगी कटाउन पनि सक्छुझै लाग्यो। हुन पनि उसँग मेरो प्रेमीका अथवा भविष्यकी जिवनसाथीमा हुनुपर्ने गुणहरु सबै थिए। त्यसपछी उसको प्रस्ताब स्विकार गरेँ। उसको मलिन अनुहारमा एकप्रकारको चमक आयो।त्यो दिन हामी दुवै खुसी थियौँ । एकछिन गफगाफ गर्यौँ। जानेबेलामा उसले पानीपुरी अर्डर गरी। पानीपुरी खाइवरी फर्किन लाग्यौँ। घर जाने बाटो एउटै थियो हाम्रो। फर्किदा बाटो नजिकैको पसलमा लिएर गई। उसले आफुलाइ केही कपडा लिइ र मलाइ एउटा घडी किनेर दिई। मैले तत्कालै भनेँ.."अस्मिता तिमीलाइ दिने मसँग भौतिक बस्तुहरु केही छैन अहिले".."मैले हजुरसँग भौतिक बस्तुहरुको लागी प्रेम गरेको होइन,मलाई हजुरको चोखो माया भए पुग्छ। यो मेरो चिनोमात्र हो हजुरलाई" उसले भनी। घर जाने बाटो एउटै भएपनी अरु कसैले सँगै हिडेको देखेभने गार्हो हुन्छ भनेर एल्लै एक्लै जाने निर्णय गर्यौँ। त्यसपछी हामी छुटियौँ। त्यसदिनदेखी हामी म्यासेज र फोनमा घण्टौँ कुरा गर्थ्यौँ। म सँधैजसो उसकै होटलमा खाजा खान आउने गर्थेँ। उसले पनि बाबा ममी नभएको बेला मेरै भागको खाजा निकालेर खान्थी। यतिकैमा एक बर्ष पनि बित्यो।

समय समयमा हामी भेटघाट पनि गर्थ्यौँ। नारायणी किनार ,होटल,नजिकका मन्दिरहरु अनि फनपार्क ,मुख्यतया हामी यिनै ठाउँहरुमा भेट्ने गर्थ्यौँ। फोनमा धेरै समय गफ गर्थौँ र म्यासेजमा पनि कुरा गरिरहन्थ्यौँ। घरबाट बुवाले कहिलेकाहीँ पैसा पठाइरहनुहुन्थ्यो। केही पढाइमा र केही खाजामा खर्च हुन्थ्यो र बाँकी बचेको पहिले पहिले त जम्मा गर्थेँ। तर आजकल त्यही पैसाबाट मोवाइल रिचार्ज हुन्थ्यो। एनसेल ले पनि भन्दो हो,ग्राहकहरु सबैले प्रेम गरेपनी कम्पनी फाइदामा हुन्थ्यो।

यतिकैमा हामी दुवैको बार्षिक परिक्षा आयो। हामी दुवै पढाइमा राम्रै थियौँ। त्यसकारण परिक्षा पनि राम्रै भयो। परिक्षापछी केही समय छुट्टी भयो। छुट्टीमा म घर जाने निर्णय गरेँ। उसले घर नजान आग्रह गर्दै थिई। तर मलाइ घरबाट बोलाइएको थियो। जानेदिनको अघिल्लो दिनमा हामी एउटा होटलमा भेट्ने कुरा गर्यौँ। उ त्यो दिन निरास देखिएकी थिइ। मैले उसलाइ फर्किने बेलामा भनेको थिएँ, " म घर जान पो लागेको त लाटी,विदेश जान लागेको होर..?,म केही दिनमा फर्किहाल्छु नि ,आफ्नो ख्याल गर है!"..मैले यति भन्न नपाउँदै उसको आँखाबाट आँशुका थोपाहरु भुइँमा तप्प तप्प खस्न थाले। अचानक मलाइ अंगालो हालेर रुन थाली। फेरी भनेँ " मलाइ हौसला दिने मान्छे यसरी रुन हुन्न। म केही दिनमा फर्किहाल्छु ,नरोऊ,पिर नगर न"..उसका रसिला आँखाहरुबाट निस्केका निस्वार्थी आँशुहरु पुछिदिएँ।  उसले अन्तिममा भनी,"हस्..हजुर आफ्नो ख्याल गर्नु..फोन र म्यासेज गरिरहनु है!"..मैले हुन्छ भनेँ। "भोलीपल्ट बसपार्कसम्म जान्छु म पनि" उसले भनी।" तिमी बसपार्कसम्म गयौ भने म जान सक्दिन,भो तिमी नआऊ! भेेटेर छुट्दा र सँगै भएर एक्लै हुँदा मन सम्हाल्न सकिन्न।" मलिन स्वरमा जवाफ दिएँ। एकछिनपछी भनेँ "अब घर जानुपर्छ अब..झोला मिलाउनु छ।" हस् भनेर छुटियौँ। 

भोलिपल्ट बिहानै उसैले फोन गरी। म कपडा लगाउँदै लगाउँदै थिएँ। "कतिखेर निस्किनुहुन्छ?"..उ बोली।" निस्किन लागेको अब" जवाफ दिएँ। "एए होटलमा म बस्छु अहिले त्यही बाटो आउनु है,एकपटक देख्न मन लाग्यो" मेरो जवाफ सकिन नपाउँदै बोली। म हुन्छ भनेर निस्किएँ। उसको होटलनेर आइपुगेपछी हेरेँ। उ उदाश जस्ती देखिन्थी। उसले काउन्टरबाटै हात हल्लाई। मैले पनि हात हल्लाएर बिदा भएँ। तत्काल म्यासेज गरी । "राम्रोसँग जानु,गाडी चढेपछी फोन गर्नु।" हस् भनेर रिप्लाइ दिएँ। म बसपार्कमा पुग्नेबित्तिकै गाडी पाएँ। गाडी ८ बजेको थियो,तर म ७:४५ मा पुगेको थिएँ। गाडीमा झोला राखेर बाहिर निस्किएँ। १५ मिनेट कुर्नुपरेकोले नजिकैको पसलमा गएर चिप्स र पानी लिएँ। जलस्रोतमा नेपाल दोस्रो धनी देशमा पर्छ,तर यही देशमा म पैसा तिरेर पानी किनिरहेछु। घरबाटै पानी लिएर आउँदा मान्छेहरुको दृष्टिकोण भनौँ या मेरो भ्रमात्मक मन,चुतिया भन्छन् कि झैँ लाग्थ्यो।पानी किन्यो,जलस्रोतको धनी देशमा पानी किन्ने एक बेबकुफमा म गनिन्थेँ। फेरी बिनाकामको कुरामा किन अल्झेको होला म जस्तो लाग्यो। गाडी चढेँ। एकछिनमा गाडी हिड्न सुरु गर्यो। 

खल्तीबाट मोवाइल निकालेर अस्मितालाई फोन गरेँ र भनेँ,"म हिडेँ यहाँबाट।" " हस् बाटोमा खाजा खाएर जानु,आफ्नो ख्याल गर्नु अनि पुगेपछी फोन गर्नु।" मैले हस् भन्दै फोन काटेँ। त्यसपछी फेरी घरमा फोन गरेर हिडेको जानकारी गराएँ। 

बाटो राम्रो बनेको थिएन त्यसकारण मुग्लिनमा जाम हुन्थ्यो। जामबाट कतिखेर कटाउँ भनेर ड्राइभर पनि कस्सिएको देखिन्थ्यो। बल्लतल्ल २ घण्टामा जाम कट्यो। गाडी त्यसपछी एकैचोटी खाजा खाने ठाउँमा रोकियो। गाडीबाट निस्कनै मन लागेको थिएन,तैपनि एकछिन बाहिर निस्केर हातमुख धोएर फ्रेस भएँ। गाडीमा बसेर चिप्स निकालेर खाएँ,अरु केही खान मन लागेन। सबैले खाजा खाएपछी गाडी हिँड्यो। घर पुग्दा लगभग १ बजिसकेको थियो। आमा घरमै हुनुहुँदो रहेछ। आमालाइ सोधेँ " बुवा खै त आमा..?".."काम  छ भनेर गाउँतिर जानुभाछ",आमाले जवाफ दिनुभयो। एकछिन आमासँग गफ गरेर बिस्तारामा पल्टिएँ। थकाइ लागेकोले कतिखेर निदाएछु पत्तै भएन। 

बेलुकातिर मोवाइल हेर्दा ५ मिस्कल र ४ म्यासेज थियो। म्यासेज र फोन दुवै अस्मिताको थियो। म्यासेजको अन्तिममा लेखेकी थिई," घर पुगेपछी बुवा आमा पाएर मलाइ बिर्सिनुभो है" साथमा निरास भएको स्टिकर पठाएकी थिइ। मैले तत्काल फोन गरेँ। फोन उठ्नासाथ बोलीहाली,"घर पुगेर मलाइ बिर्सिनुभो है हजुरले!".."ए लाटी के कुरा गरेको हँ.?"तिम्लाइ कसरी बिर्सन सक्छु हँ..? यति भन्नासाथ फोनमै रुन थाली। म उसलाइ सम्झाउन खोज्दै थिएँ तर कुनै आवाज आएन। फोन काटिइसकेको रहेछ।

दोस्रोपटक फेरी फोन गरेँ। फोन जानासाथ उसले उठाइ। "अस्मिता किन फोन काटेको,अनि किन रोएको..?" हजुरले बिर्सिनुभो जस्तो लागेर सम्हाल्नै सकिन मनलाइ" रुन्चे स्वरमा भनी। "तिमी मेरो मुटु हौ बुझ्यौ? म कसरी आफ्नो मुटुलाइ भुलेर जिउन सक्छु र? अबबाट यस्तो नसोच" फकाउँदै मैले भनेँ। प्रतिउत्तरमा उसले भनी "हस् अनि कतिखेर पुग्नुभो?" "१ बजे पुगेको थिएँ,आमासँग एकछिन गफ गरेर बिस्तारामा पल्टेको,निदाएछु" मैले भनेँ अनि थपेँ,"फोन राख्छु अहिले,म्यासेजमा बोलौँला" उसले हस् भन्दै फोन काटी। 
मलाइ घरमा पुजाको लागी बोलाइएको थियो। सबै आफन्तहरुलाइ पनि बोलाइएको थियो। भोलीपल्ट पुजा थियो। अनि पुजाको लागी धेरै कामहरु गर्न बाँकी नै थिए..मोवाइलमा त्यति ध्यान गएन। एकप्रकारले ध्यान दिन पाइन नै भनौँ। म घरको जेठो छोरो हुँ,त्यसकारण भाइबहिनीलाइ समेत मैले यसो गर उसो गर भन्दै सिकाउने जिम्मेवारी म मा थियो। दिनभरी यता उता गर्दैमा समय बित्यो। बेलुका मोवाइल हेर्दा म्यासेज र मिस्कलका थुप्रा थिए। " किन मेरा म्यासेजको रिप्लाई दिनुहुन्न..?बिर्सिनै खोज्नुभाको होर..?यसरी टाढिन खोज्नुको अर्थ के हो ?" यस्तै यस्तै थिए उसका म्यासेजहरु। उसका म्यासेजहरु यति कठोर शब्दका थिए कि,पढ्दापढ्दै आँखाबाट आँशुको मुल फुट्न थाल्यो। थाकेको शरिर,उसको त्यस्तो म्यासेजले खाना खान मन पनि लागेन,रिप्लाइ दिएँ। "अस्मिता म घरको जेठो छोरो हुँ" बुवापछीको सबै जिम्मेवारी म माथी थुप्रिन्छ। घरमा पुजा छ,म कामले मोवाइल चलाउन समेत फुर्सद पाएको छैन। त्यहीमाथी तिम्रो यस्तो म्यासेजले मलाइ के भयो होला? आँफै मेरो ठाउँमा बसेर सोच।" त्यसपछी मोवाइल चलाउन मन लागेन। मोवाइल अफ गरेँ। आँखाबाट आँशुका भेल उर्लिरहेका थिए। कतिखेर निदाएछु थाहा भएन।
भोलिपल्ट उठेर मोवाइल खोलेँ। मोवाइलमा उसको म्यासेज थियो,"मलाइ माफ गर्दिनुस् प्लिज,मैले हजुरको मन दुखाएँ।  हजुरले एकपटक व्यस्त छु भनेको भए पनि त हुन्थ्यो नि!" मलाइ उसको कुरा पनि ठिकै लाग्यो। मैले बोल्न पाउँदिन आज भनेको भए उ आत्तिने थिइन जस्तो लाग्यो। म्यासेज लेखेँ "आज पुजा छ,मैले काम सघाउनुपर्छ बोल्न पाउँदिन।" उताबाट रिप्लाई आयो " हस् तर पुजा सकिएपछी म्यासेज वा फोन गर्नु।" त्यसपछी म ढुक्क भएँ। दिनभर पुजामा व्यस्त भएँ। निकै रमाइलो पनि भयो। नाच्ने गाउनेहरु राति अबेरसम्मै बसेर रमाइलो गरिरहेका थिए। मलाइ निन्द्रा लागेकोले बिस्तारामा पल्टिएँ। अस्मितालाइ म्यासेज गरेँ "पुजा सकियो। दिनभरी काम गरेको थकाइ लागेको छ,भोली बोल्छु है।" केही समयपछी हस् भनेर रिप्लाई आयो।
पुजाको भोलिपल्ट केही काम थियो। त्यसकारण भोलिपल्ट घरमा बसेर पर्सिपल्ट चितावन फर्किएँ। 
फर्किदा उ बसपार्कसम्म लिन आई। कामको वाहाना पारेर आएकी रहिछे। उसले केही होटलका सामानहरु किनी र सँगै फर्कियौँ। उसको होटल आएपछी ऊ ओर्लिएर बाइ भनी। म पनि बाइ भनेर घरतिर लागेँ। बिदाको समय हामी कहिले मन्दिर कहिले फनपार्क घुमेर बितायौँ।
बिदाका दिनहरु पनि छिट्टै बितेजस्तो लाग्यो। पढाइका दिनहरु सुरु हुन थाले। सधैँझैँ म उसको होटलमा खाजा खान जान्थेँ। अब भने उ आएर मेरो भागको खाजा झिकेर खाओस् झैँ लाग्थ्यो। उसले बुवा ममी नभएको बेला झिकेर खान्थी पनि। कुनै कुरा उसले खाइरहेकी छ भने मलाइ जुठो खुवाउँथी। म पनि गार्हो नमानी उसको जुठो खान्थेँ र उसलाइ पनि खुवाउथेँ। हाम्रो सम्बन्ध त्यति गहिरो जस्तो लाग्थो कि। त्यो सागरको गहिराइ पनि झिनो होस्। अनि कसैले विश्वमा सबैभन्दा लामो चिज के हो भनेर सोध्दा हाम्रो प्रेमलाइलाइ अंकित गर्न यी हातहरु तत्पर हुन्थे। 
समय पनि खरायोको गतिमा दौडीरहेको थियो। बिस्तारै हाम्रो १२ को बार्षिक परिक्षा नजिकिदै थियो। हाम्रो पढाइमा अलिकति ह्रास आएको थियो। धेरैजसो समय हामी एकअर्कालाई दिन्थ्यौँ। पढाइमा ह्रास हुनुको यो गतिलो कारण हो। परिक्षा आएर पनि सकियो। दुवैको परिक्षा राम्रै भयो।
पढाइ सकिए लगत्तै म जागिरको खोजीमा लागेँ। पढाइअनुसारको जागिर पाउन गार्हो यहाँ। यदाकदा पाइए पनि तलब चित्त बुझ्दैनथ्यो। बल्लतल्ल एउटा स्कुलमा शिक्षकको जागिर पाएँ। जागिर पाउँदा म भन्दा अस्मिता खुसी थिइ। मैले पढाउने स्कुल घरबाट अलि टाढै भएकोले स्कुल नजिकै कोठा लिएको थिएँ। टाढा भएको कारणले चाहीँ उ दुखी नै थिई। मैले "यो मेरो रहर होइन बाध्यता हो "भनेर उसलाई सम्झाएँ..उ मौन थिई र निराश पनि। उसको नैराश्यताले मलाइ पनि दुखी तुल्यायो। अनि भनेँ  "अस्मिता म यो सब हाम्रो भबिष्यको लागी गरिरहेको छु,तिमी यसरी निराश नहोऊ न!,म बेलाबेलामा होटलमा आउनेछु,हाम्रो कुरा त भैहाल्छ नि।" प्रतिक्रियामा उसले हस् भनी। पर्सीदेखी पढाउने भनेर बोलाइएको थियो,त्यसकारण भोलीपल्ट नै म कोठामा गएको थिएँ। 
स्कुलको पहिलो दिन थियो। बिहानै उसले फोन गरेर सफलताको शुभकामना दिएकी थिइ। बिहान १० बजेदेखी  ४ बजेसम्म पढाउनुपर्थ्यो। पहिलो दिन त्यति पढाइन। शिक्षकहरु र बिद्यार्थीहरुसँग परिचयमात्र भयो। दोस्रो दिनदेखी राम्रोसँग पढाएँ। बेला बेलामा अस्मिताले फोन गर्थी। तर स्कुलमा पढाउँदा जतिखेर पायो उतिखेर पायो उतिखेर फोन उठाउन पाइदैनथ्यो।एकदिन अचानक उसको फोन आयो। मैले फोन काटेँ। त्यसपछी धेरैपटक फोन आएको थियो तर मैले उठाइन।

कोठामा आएपछी उसलाई फोन गरेँ तर उठेन। उसलाइ पटकपटक फोन गर्दापनी उठेन। म्यासेज गरेँ, " फोन उठाउ एकपटक, के भयो..?"  एकछिनपछी म्यासेज गरी,"जिन्दगी पाएँ र यो रिप्लाई गरेँ।मान्छेलाई के भाछ,कस्तो अबस्थामा छ,फोन उठाउनुपर्दैन..?"
तत्काल उसलाइ फोन गरेँ। फोन उठ्नासाथ रुन थाली। "के भो अस्मिता किन रोएकी..?"मैले सोधेँ। प्रतिउत्तर मौन थियो। उ रोइरहेकी थिइ,अचानक फोन काटियो। फेरी फोन गर्दा मोवाइल अफ थियो। 

पर्सीपल्ट शनिबार भएको कारण स्कुल बिदा थियो। बिहानै उठेर अस्मितालाई फोन गर्न खोजेँ तर मोवाइल अझै अफ थियो। उठेर बाथरुम गएर नुवाइ धुवाइ गरेर फ्रेस भएर खाना बनाएँ तर खानै मन लागेन। अस्मिताको फोन उठ्छ कि भनेर फोन गरेँ । फोन त लाग्यो तर उठेन। ५ पटकसम्म गरेँ अझै फोन उठेन। छैँटौपटक फोन गर्दा मोवाइल अफ थियो। अस्मितामा अचानक आएको यो परिवर्तनले मलाइ खुब रुवायो। मेरा आँखाबाट आएका आँशुका थोपाहरु वदनले सजिलै स्पर्श गर्न पायो। जिन्दगीमा यसरी म कहिल्यै रोएको थिइन। मान्छेहरु भन्छन्, केटा मान्छेले रोएको सुहाउँदैन रे..के सुहाउनको लागी हो रुनेँ..?के जन्मदा रोएको सुहाउनको लागी हो?,के केटाहरुको मन हुँदैन.?अनि दुख्दैन त्यो मन..?मन दुख्दा आँखाबाट आँशु झर्नु कत्तिको नौलो कुरा हो?
दिउँसो समय मिलाएर उसको होटलमा गएँ। होटलमा अस्मिताको बाबा हुनुहुन्थ्यो। "अंकल आरामै हुनुहुन्छ..?" मैले सोधेँ। "ठिक छ बाबु,लामो समयपछी आयौ त!"..अंकलले भन्नुभयो। "जागिर खाएपछी समय मिल्दैन अंकल त्यति",मैले जवाफ दिएँ। अंकलसँग गफ गर्दै खाजा मागेँ। "आज आन्टी देखिन त अंकल" मैले भनेँ। त्यसपछी अंकलले सबै बेलिबिस्तार लगाउनुभयो। अस्मिता बिरामी भएकी रहिछे त्यसकारण आन्टी उसलाई कुर्न बस्नुभाएको रहेछ। उ होटलमा बस्दाबस्दै ढलेर हस्पिटलमा लगिएको हो रे। हस्पिटलमा तत्काल धेरै रकम जम्मा गर्न भनिएको रहेछ। सायद उसले मलाइ फोन गर्नुको कारण त्यही हुँदोहो। "अहिले कस्तो छ अंकल उसलाई" मैले सोधेँ। "ठिकै छ बाबु अहिले,शल्यक्रिया गर्नुपर्छ कि भन्थ्यो डक्टरले,गर्न परेन। भोली डिस्चार्ज गर्दिन्छ रे" अंकलले यति भनेपछी अलि ढुक्क भएँ। एकछिनपछी अंकललाई जान्छु भनेर कोठामा आएँ। 
भोलीपल्टदेखी स्कुल थियो। जागिरको कारणले अस्मितासँग दिउँसो बोल्न पाएको थिइन। आजकाल त उ बोल्न पनि छोडेकी थिई। एकदिन स्कुलबाट कोठामा आएर फोन गरेँ। मैले उसलाइ धेरै पटकसम्म फोन गर्दा पनि फोन उठेन। अन्तिममा एकपटक उठ्यो। उसले फोन उठाइ तर ऊ बोलिन। म नैँ बोलेँ.." अस्मिता के भयो..?नबोली एकछिन बस्न नसक्ने मान्छेमा यस्तो परिवर्तन कसरी..? यो मौनताको उद्देश्य के हो..?" केहीबेरपछी उ बोली.."मलाइ थाहा छैन विवेक यो सब के हो,आजकल मलाइ कोहीसँग बोल्न मन लाग्दैन। बिन्ति एक्लै छोड्दिनुस् मलाई" यति भनेर म बोल्न नपाउँदै फोन काटी। मलाइ खपिनसक्नु भयो। रिस पनि उठेको थियो। 
नजिकैको पसलमा गएर एउटा बियर लिएर आएँ। मैले बियर एकपटक मात्र चाखेको थिएँ। खाने बानी भने थिएन। सुरुमा चाखेको बेलामै मैले उल्टी गरेको थिएँ तर त्यसदिन पुरै बोतल लिएर आएँ। कसैले भनेको सुनेको थेँ,नसाले सबकुरा भुलाउँछ भनेर। मलाइ उसले गरेको व्यवहार भुल्नु थियो। उसको मौनताले दिएको पिडा भुल्नु थियो। हाम्रो कुरा नभएको पनि लामो समय भयो। उसलाई के छ कसो छ भनेर बेलाबेलामा उसको होटलमा जान्थे तर उसलाइ कहिल्यै देखिन। मनमनै प्राथना गर्थे " भगवान उ जहाँ जस्तो अबस्थामा छ,खुसी होस्। बरु मेरो भागको खुसी पनि उसैलाई देऊ।" बेलाबेलामा ऊ आँखा अगाडी प्रतिबिम्ब बनेर आउँथी। मेरा आँखाका आँशुले पनि उसलाइ बहुत प्यार गर्थे अनि सराबले मन शान्त पार्थ्यो। 

उसको यादमा सराब पिउँदा पिउँदै म सराबी बनेको थिएँ। आजकल जति पिएपनी उल्टी हुँदैनथ्यो। बिस्तार बिस्तार म धुम्रपान पनि गर्न थालेँ। यो सब आदत प्रेमले दिएको आदत भनेर खुब प्रेम गर्थे।
एकदिन उसलाई अनलाइनमा देखेँ। यहाँभन्दा अगाडी उसको आइडी नै डिएक्टिभ थियो। अनलाइनमा देख्नेबित्तिकै भिडियो कल गर्न खोजेँ। सुरुमा कल गयो,तर उठेन। दोस्रोपटक कल गर्दा उठाई। उ पहिलेभन्दा अलि पातली भइछे र अलि राम्री पनि। मेरो छेउमा बियरको बोतल थियो र हातमा चुरोटको जल्दै गरेको खिली। उसले अचम्म मान्दै बोली,"विवेक! तिमी रक्सी पिउन थाल्नुभो? पनि चुरोट पनि हातमा..? "यो केही होइन अस्मिता नसा त तिम्रो लागेको हो मलाई,यो त तिम्रो नसा भुलाउन निम्ति प्रयोगमा आएको सामान्य खालको नसा हो।तिमी र यसमा त्यति फरक लाग्दैन आजकल" म उदाश हुँदै बोलेँ। 

"विवेक म विवाहित महिला हुँ। मेरो बिहे भैसक्यो,मेरो लागी किन आफ्नो जिन्दगी बर्बाद गर्नुहुन्छ?अब मलाई बिर्सिदिनुस् विवेक" मलाइ उसको बिहे भएको थाहा पनि थिएन। अचानक यो सुन्दा म छाँगाबाट खसेजस्तै भएँ। "के मैले सुरुमा मलाइ प्रेम गर भनेको थेँ अस्मिता..?किन मलाई प्रेमको प्रस्ताब गर्यौ..? बिहे गर्नको म तिम्रो लायक थिइन..? आखिर के कमी देख्यौ म भित्र..?प्रेम गर्दा मेरो अनुमति लियौ तर जाँदा किन अनुमति मागेनौ..?यदि छाड्नु नै थियो भने किन प्रेमको प्रस्ताब राख्यौ? मसँग सवालको पहाड थियो। तर ऊ मौन बसी। अन्तिममा " तपाइका सवालहरुको जवाफ छैन मसँग" भनेर फोन काटी।

प्रेम सबैले महसुस गर्छन् तर ठेट परिभाषा भने आजसम्म कसैले दिन सकेका छैनन्। प्राय: जसले जसरी अनुभव गर्यो त्यसरी नै प्रेमलाई परिभाषित गरेको पाइन्छ। मेरो नजरमा भने प्रेम सुरुमा खुब हँसाएर अत्यमा रुवाएरै छोड्ने कुनै अभौतिक बस्तु बन्यो। कसैले भनेको थियो,समयले दिएको घाउ समयले नै पुर्छ। तर मलाइ भेट्न त्यो समय पनि आउँदै आएन। 
उसले दिएको चोटलाई भुल्ने बाहानामा म मदिरा र धुम्रपानको नजिकको दौँतरी बनिसकेको थिएँ। जब ऊ टाढिएर गई तब यी सब चिज नजिकिए र सधैँ मलाइ साथ दिन थाले। मलाई जागिर पनि मन पर्न छाडेको थियो, त्यसकारण राजिनामा दिएँ।केही कुरामा पनि फिटिक्कै मन लाग्न छोडेको थियो। खाना बनाउँथेँ तर सँधै धेरै हुन्थ्यो। पछीपछी त खाना बनाउन पनि मन लाग्दैनथ्यो। बाहिरबाटै तयारी खानेकुरा ल्याएर खान्थेँ।
एकदिनको कुरा हो,म पसलमा जान्छु भनेर जाँदा अचानक बेहोस भएछु। तर मलाइ केही थाहा भएन। मलाइ काडमान्डौको कुनै प्रचलित हस्पिटलमा भर्ना गरिएको रहेछ। हस्पिटलमा मेरो कोठासँगैको कोठामा बस्ने दाइले भर्ना गरेका रहेछन्। म झन्डै एकदिनपछी होसमा आएको रहेछु। दाइ मलाइ कुरेर बसेका थिए। मैले आँखा खोल्दा उनै अगाडी थिए। उमेरले दाइ भएपनी उनलाइ म तिमी भन्थेँ। "दाइ मलाइ के भएको हो..?" म बिस्तारै बोलेँ। तिमी अचानक बेहोस भएर मैले यहाँ ल्याएर भर्ना गरेको हुँ भाइ। झन्डै एकदिनपछी तिमी होसमा आयौ" दाइ पनि गम्भिर भएर बोले। "के भनेको छ डक्टरले?" मलिन स्वरमा बोलेँ।सबै थोक चेक गरिसक्यो अब रिपोर्ट भोली आउँछ रे" दाइ झन् गम्भिर देखिन्थे।
भोलिपल्ट रिपोर्ट आयो । दाइले बुवा र आमालाई अघिल्लो दिनमै खबर गरेका रहेछन्। रिपोर्ट आउँदा बुवा र आमा दुबै आइपुग्नुभएको थियो। केही आफन्तहरु पनि आएका थिए।सबैले रिपोर्ट हेरेछन् । रिपोर्ट हेरेर बुवाले डक्टरलाई सोध्नुभएछ। मलाइ कलेजोको क्यान्सर भएको रहेछ। यो सुन्नासाथ बुवा र आमा रुन थाल्नुभो। आफन्तहरु बुवा र आमालाइ सम्झाउन खोज्दै थिए तर सकिरहेका थिएनन्। मलाइ डाक्टरले ३ महिनाको डेट दिएर हस्पिटलबाट डिस्चार्ज गर्दिए। बाहिर हेर्दा मलाइ केही भएको थिएन। तर मसँग बाँच्नको लागी उमेर कम थियो। मलाई मृत्युको मुखमा पुग्दा पनि कुनै अपसोच लागेको थिएन। शारिरीक रुपको मृत्युमा भलै १ चोटी पुगेको हुँदो हुँ ,तर उसको माया र यादमा म दिनदिनै मरिरहन्थेँ।  त्यसकारण पनि मलाइ मृत्यु नौलो कुरा लागेन। त्यसपछी मलाइ घरमा ल्याइयो।मैले धुम्रपान र मद्यपान प्रयोग गरेको कुरा सबैलाइ थाहा भयो,तर मेरो अवधी धेरै नभएको कारणले होला कसैले केही बोलेनन्। 
मेरो अबधी १ महिना बितिसकेको थियो। मलाइ एकपटक अस्मितालाई देख्न मन थियो। एकदिन फेस्बुक खोल्दा उसलाइ अनलाइनमा देखेँ। त्यतिबेला नै भिडियो कल गरेँ। फोन जानासाथ उसले उठाई। उसले सोचेकी हुँदी हो, अब त त्यो सम्बन्ध बिर्सिने बानी पर्यो होला भनेर। सुरुमा म नै बोलेँ "के छ अस्मिता खबर..?".."ठिक छ विवेक ,हजुरको के छ..? उसले यति भन्नासाथ म भावनामा चुर्लुम्म डुब्न पुगेँ। आँखाबाट बर्सिरहेका आँशुका थोपा ल्यापटपको किबोर्डमा पर्न थाल्यो। " तिम्ले दिएको झुटो आश्वासन,उही चोट,उही घाउ,जो पटकपटक बल्झिरहन्छ अनि अब २ महिनाको डेट,मसँग अरु के हुन्छ ?"म बोलेँ। २ महिनाको डेट भन्दा पनि के भो ,कसो भो भनेर एकपटक पनि सोधिन। म लगातार बोलीरहेँ तर उ मौन बसी। "यो मौनताको अर्थ के हो अस्मिता? किन केही बोल्दिनौ..?मलाइ धोका दिएर यसरी टाढिनुको कारण के हो? " मेरा प्रश्नहरु सकिन नपाउँदै उसले फोन काटी। मलाइ उसँग एकपटक भेटेर कुरा गर्न मन थियो तर जतिपटक फोन लागेन। फेरी आइडी डिएक्टिभ र मोवाइल अफ थियो। 
"आखिर माया गरेर के पाएँ? एकछिनको खुसीले दिएको जिन्दगीभरको पिडा त हो। मलाइ त अझ बाँच्नसमेत दिएन। मान्छेहरु भन्छन् माया बिना यो सृष्टी चल्दैन रे..,त्यति टाढा नपुगौँ अझ जिन्दगी चल्दैन रे !खै त मेरो जिवनमा कतै प्रमाणित भएन यो कुरा।उल्टो चलिरहेको जिन्दगी अचानक आएको हुरीले जस्तै तहस नहस बनाइदियो।" मनमनै सोचिरहेँ। बेलाबेलामा यो मन बहकिइरहन्थ्यो।घरि उसले दिएको प्रेम सम्झिन्थेँ त घरि उसले दिएको कहिल्यै खाटो लाग्न नसकेको घाउलाई।अनि घरि खुसी हुन्थेँ त घरि त्यसै आँखाबाट निर्दोष आँशुका धारा छुट्थे। यतिकैमा २ महिना बित्नै लागिसकेको थियो । २ महिना लाग्ने बित्तिकै मलाइ अलिअलि सञ्चो नभएको जस्तो भान हुन थाल्यो। घरबाट अस्पताल जाने कुरा भयो। बुबा आमा भोलिपल्ट जाने कुरा गर्नुभयो तर म आज नै जानेँ भएँ। आज गएर आफन्तकोमा बस्ने हेतुले म काठमान्डौको यात्रामा छु।
डायरीमा उसले मसँग यात्रा गरेको दिनको बिहान सम्म लेखेको रहेछ। बिचबिचका पानाहरु केही च्यातिएको पनि थियो। डायरीका पानाहरु पल्टाउँदै गएँ। डायरीको अन्तिमभन्दा अघिल्लो पानामा राता धब्बाहरु थिए। कुनै केटी मान्छेले रातो लिपिस्टिक लगाएर चुम्बन गरेको जस्तो डाम प्रस्ट देखिन्थे। सायद यी चुम्बनका डामहरु अस्मिताको हुँदो हो।लिपिस्टिकको डामभन्दा माथी सानो अक्षरमा लेखिएको थियो,"विवेक+अस्मिता"।डायरी पढ्दापढ्दै म भावुक भएछु क्यारे,आँखाबाट तप्प तप्प आँशु झर्दै थिए।

समाप्त
नोट:कथा र कथामा अंकित पात्रहरु काल्पनिक हुन्। कसैको जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ।

Comments

  1. yo kathako bisaya bastu rw sabda chayan ley nikai nai bhabuk banayo..

    ReplyDelete

Post a Comment